तीजलाईए दिदी भिनाजु खै


काठमाडौं ।

लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शसिका राईको स्वरमा तिज गीत ए दिदी भिनाजु खै हालै सार्वजनिक भएको छ।

शिवाकोटीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिदीभाइको प्रेमभावलाई नजिकबाट देखाइएको छ भने वर्ष दिनपछि माइतीलाई भेट्दा चेलीमा आउने खुशीयाली देखाइएको छ। गीतमाथि निर्माण गरिएको भिडियोमा गायक शिवाकोटी, मिना बर्तौला, गीता थापा, सृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने, सुनिल बुढाथोकीलगायतले अभिनय गरेका छन्।

समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा निर्देशकको निर्देशन, विशाल थापाको छायांकन र नकुल खड्काको सम्पादन रहेको छ।