मर्जेन र दिक्छेन फेसन अफ तामाङ किड्स


तामाङ समुदायका बालबालिकाको प्रतिभामूलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४ को उपाधि मर्जेन तामाङ र दिक्छेन तामाङले जितेका छन्।

युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः बालक र बालिकातर्फको उपाधि जितेका हुन्। प्रतियोगिताअन्तर्गत बालकतर्फ आरोज तामाङ फस्ट र सिद्धान्त तामाङ सेकेण्ड रनर्सअप तथा बालिकातर्फ साम्देन थिङ फस्ट र किन्जु डोमा तामाङ सेकेण्ड रनर्सअप भए।

अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक रहेको प्रतियोगिता पूर्वमन्त्री परशुराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।