तपाईँले चिन्नुपर्ने व्यक्ति तपाईँभित्र छन्

752
Shares

यो संसारमा सृष्टिकर्ताका बारेमा थुप्रै परिभाषा छन् । एउटा परिभाषानुसार अलख निरञ्जन– उनी थिए, छन् अनि रहनेछन् । तपाईँ हुनुहुन्नथ्यो, हुनुहुन्छ र रहनुहुनेछैन । तथापि, एउटा समय छ । यहाँ तपाईँ हुनुहुन्छ र उनी पनि छन् अनि यो समय तपाईँको हो । यसर्थ हामीले गर्नुपर्ने कुरालाई यसै समयमा गर्नुपर्छ, अहिले नै गर्नुपर्छ, त्यसपछि होइन । तपाईँले चिन्नुपर्ने व्यक्ति तपाईँभित्र छन्, तपाईँसँगै छन् । तपाईँमा कुनै कमी नै छैन । मात्रै बत्ती बाल्नु आवश्यक छ ।

यदि तपाईँले बत्ती बाल्नुभयो भने तपाईँले सत्य चीजलाई देख्न सक्नुहुनेछ र त्यो अत्यन्तै सुन्दर छ । मानिसलाई म भाग्यशाली छैन भन्ने लाग्छ । तपाईँभित्र यो श्वास आइरह्यो र गइरह्यो भने, यसको आवागमन भएसम्म तपाईँले जान्न सक्नुहुन्छ । तपाईँमा जान्ने क्षमता भएर पनि तपाईँले आफ्नो जीवनमा के कुरा जान्ने कोशिश गर्नुभयो !

एउटा समयको कुरा हो । एकजना व्यक्ति राजाको दरबारमा नोकरी माग्न भनेर गए । राजाले पनि उनलाई जागिर दिए । उनी राजाको एकदमै सेवा गर्ने गर्थे । राजालाई पनि उनी अत्यन्तै प्रिय लाग्थे । राजाले उनको काम र उनको इमानदारितालाई देखेपछि उनलाई आफ्नो राज्यको सेनापति बनाए । यसपश्चात् दरबारका अन्य व्यक्तिहरूले चाहिँ उनको ईष्र्या गर्न थाले । उनीहरू तिनलाई सेनापति पदबाट हटाउने दाउमा लागे । मानिसहरूले उनलाई राजाका अघि कमजोर साबित गर्ने उपायको खोजीमा जासुसी गर्न थाले । मानिसहरूलाई के थाहा भयो भने, ती सेनापति त दरबारको कार्य समाप्त भएपछि हरेक दिन एउटा सुनसान स्थानमा रहेको एउटा कोठामा गएर घण्टौँसम्म बस्ने गर्दा रहेछन् ।

यो समय तपाईँको हो । यसर्थ हामीले गर्नुपर्ने कुरालाई यसै समयमा गर्नुपर्छ, अहिले नै गर्नुपर्छ, त्यसपछि होइन । तपाईँले चिन्नुपर्ने व्यक्ति तपाईँभित्र छन्, तपाईँसँगै छन् । तपाईँमा कुनै कमी नै छैन । मात्रै बत्ती बाल्नु आवश्यक छ । यदि तपाईँले बत्ती बाल्नुभयो भने तपाईँले सत्य चीजलाई देख्न सक्नुहुनेछ र त्यो अत्यन्तै सुन्दर छ ।

यो कुरा देखेपछि मानिसहरूलाई राजासमक्ष यो सन्देश पुर्‍याउनुपर्छ भन्ने लाग्यो । राजाले यो कुरा सुने भने तिनलाई नोकरीबाट निकाल्छन् भन्ने थियो । मानिसहरूले राजाका अघि गएर उजुरी गरे, ‘महाराज, सेनापति त हरेक दिन दरबार समाप्त हुनासाथ एउटा सुनसान स्थानमा जान्छन् अनि कोठामा गएर घण्टौँ बिताउँछन् । त्यहाँ त्यत्रो समय के गर्छन् ? थाहा छैन ।’

राजामा पनि बिस्तारै–बिस्तारै केही न केही त खराबी हुनुपर्छ भन्ने शङ्का बढ्न थाल्यो । एकदिन राजाले सत्य कुरा पत्ता लगाउनुप¥यो भन्ने सोचे । उनी ती सेनापतिको पछि लागे अनि साँच्चै सेनापति त एउटा सुनसान स्थानमा रहेको कोठाभित्र पसेको घण्टौँपछि मात्रै बाहिर आएको देखे । दोस्रो दिन पनि राजाले उनलाई पछ्याए । यसपटक उनी कोठामा पस्नासाथ राजाले उनको ढोका ढकढक्याए । उनले ढोका खोले तर राजालाई त्यहाँ देखेर अचम्मित भए । उनले भने, ‘महाराज, तपाईँ यहाँ के गरिरहनुभएको छ ? यो स्थान हजुरका लागि उपयुक्त छैन ।’

राजाले भने, ‘म यहाँ तिमीले के गरिरहेका छौ भनेर हेर्न चाहन्छु ।’ राजा भित्र गए र कोठाभित्र एउटा ठूलो बाकस राखेको देखे । राजालाई यसले चोरी गरेको सामान यो बाकसमा राख्ने रहेछ भन्ने शङ्का भयो । राजाले भने, ‘यो बाकस खोलेर देखाऊ ।’
सेनापतिले भने, ‘महाराज, यो बाकसमा हजुरले हेर्नलायक कुनै चीज नै छैन ।’ अब त राजाको शङ्का झनै बढ्यो । उनले कड्किएर भने, ‘यो बाकस खोल ।’ सेनापतिले बाकस खोलिदिए । बाकसमा पुरानो मैलो कपडा देखेर राजाले सोधे, ‘यो के हो ?’
किनभने, राजाले त त्यो बाकसमा सुन–चाँदीजन्य कुनै त्यस्तै चीज छ होला भन्ने सोचेका थिए । त्यहाँ त थोत्रो–पुरानो मैलो कपडा राखिएको थियो । त्यसपछि सेनापतिले भने, ‘महाराज, जब म हजुरको दरबारमा आएको थिएँ नि त्यतिखेर मैले यही कपडा लगाएर आएको थिएँ । म हरेक दिन यो कपडा लगाउँछु अनि ‘म को हुँ’ भनेर आफ्नो पुरानो अवस्थालाई स्मरण गर्छु । यदि तपाईँको दया भएन भने, कृपा भएन भने त मेरो हालत यस्तै हुन्छ होला, किनभने यथार्थमा मेरो हैसियत यही हो । मसँग हजुरले पुर्‍याइदिनुभएको स्थानसम्मको हैसियत छैन । त्यो तपाईँकै दया हो, तपाईँकै कृपा हो । मलाई सधैँ तपाईँको कृपा र दयाको पात्र बनिरहने अपेक्षा छ । यस कुरालाई स्मरण गर्ने उद्देश्यले म यो कोठामा आउने गर्छु ।’ सेनापतिको कुरा सुनेर राजाका आँखामा खुशीका आँसु बग्न थाले । खुशीले गद्गद् भएर उनले भने, ‘अब म तिमीलाई आफ्नो देशको मन्त्री बनाउने घोषणा गर्दछु।’

सानो कुरा हो । बत्ती बाल्नुहोस् । म बत्ती बाल्नेवालामध्येकै हुँ । यो पाठ गर्नुहोस्, त्यो गर्नुहोस्, यो गर्नुहोस्, त्यहाँ जानुहोस् । अहँ। तपाईँमा भएका समस्याहरू किन छन् भने, तपाईँले आपूmले के पाएको छु भनेर देख्नै सकिरहनुभएको छैन । यो शब्दमा अल्झिने कुरा होइन । अनुभवको कुरा हो । हृदयको कुरा हो । तपाईँ त सारा सृष्टिलाई, सृष्टिकर्तालाई, उनको प्रकृतिलाई, सबैलाई आफ्नो दिमागी सोचको आँखाले हेर्नुहुन्छ । कहिल्यै हृदयको आँखाले केही हेर्ने कोशिश गर्नुभएको छ ! तपाईँ आफ्नो जीवनमा तपाईँभित्र भएको चीजलाई प्राप्त गर्नुहोस् । किनभने, यसो नभएसम्म तपाईँको वास्तविक कल्याण हुँदैन र तपाईँले सबै कुरा प्राप्त गरेर पनि केही भएको छैन भन्ने सोचिरहनुहुनेछ ।

सृष्टिकर्ता सबै स्थानमा छन् । यसको अर्थ तपाईँभित्र पनि छन् । तपाईँ बस्नुहुने ठेगानामा पनि उनी छन् । अनि, तपाईँ त्यस ठेगानामा नहुनुभएको समयमा पनि उनी तपाईँसँगै रहनेछन् । तपाईँ जानुभएको स्थानमा उनी तपाईँसँगै जानेछन् । तपाईँ क्रोधित हुँदा पनि उनी तपाईँकै साथमा हुन्छन् । तपाईँ रोइरहनुभएको समयमा पनि उनी तपाईँसँगै हुन्छन् । तपाईँ हाँस्नुभएको समयमा पनि उनी तपाईँकै साथमा हुन्छन् । तपाईँलाई जतिसुकै धेरै दुःख भए पनि उनी तपाईँसँगै हुन्छन् ।

तपाईँले आपूmलाई ऐनामा हेर्दा कुन कुरालाई हेर्नुहुन्छ ! यथार्थमा भन्ने हो भने के खराबी छ भनेर हेर्नुहुन्छ । अबचाहिँ तपाईँले आफूले आफूलाई ऐनामा हेरिरहँदा खराबी के छ भनेर नहेर्नुहोला । के हेर्नुहोस् भने, ‘यो म हुँ’– जसले पुतलीलाई बनाए, बादल बनाए, ताराहरू बनाए, सूर्यलाई बनाए, जसले नदी, पक्षी, फूललाई बनाए र उनैले यसलाई पनि बनाए । अनि, यो कुरा मैले तपाईँलाई घमण्ड गर्ने अभिप्रायमा भनिरहेको छैन, बरु तपाईँले आफ्नो हृदयमा आभार व्यक्त गर्न सक्नुहोस् भन्ने उद्देश्यले भनिरहेको छु । तपाईँले यो जीवनका लागि धन्यवाद प्रकट गर्न सक्नुहोस् ।

आनन्दको कुरा केवल आनन्दको कुरा हो । यसर्थ आनन्द लिनुहोस् । आफ्नो जीवनमा ती सृष्टिकर्ताको आनन्द लिनुहोस् । तपाईँ दुःखी भएका समयमा पनि तपाईँको लक्ष्य आनन्द लिनु हो भन्ने कुरालाई याद गर्नुहोस् । तपाईँ आनन्दबाट कहिल्यै पनि विमुख नहुनुहोस् । त्यो सदा तपाईँसँगै हुन्छ ।

हाम्रो जीवनमा सुख पनि हुन्छ अनि दुःख पनि हुन्छ । सुखमा हामी सुखको अनुभव गर्न सकौँ भनेर कोशिश गर्छौँ । दुःख भएमा त्यसबाट व्याकुल भएर त्यो दुःखबाट कसरी निस्कने भनेर सोच्छौँ ! कतिपय अवस्थामा त हामीले ‘म को हुँ ! म के हुँ !’ भन्ने कुरै बिर्सन्छौँ ।

एउटा वास्तविकता यो संसारको राम्रो कुराभन्दा पर छ अनि नराम्रो कुराभन्दा पनि टाढा छ । त्यो यथार्थ सबैको हृदयमा अवस्थित छ । मानिसले हेर्ने कुरा के हो भने, ‘मसँग के भएको छ, मैले के हासिल गरेको छु ! के हराएको छु, के पाएको छु !’ तथापि, सृष्टिकर्ताले के दिएका छन् भन्ने कुरालाई चाहिँ हेर्दैनौँ । सृष्टिकर्ताले उसभित्र के राखेका छन् ? हरेक मानिसभित्र एउटा विशेषता हुन्छ अनि मेरो काम के हो भने कुनै पनि तरिकाले त्यस विशेषतालाई अघि ल्याउन सकूँ । त्यो विशेषता वास्तविक सुन्दरताको विशेषता हो । त्यो वास्तविक मानवतासँग सम्बन्धित विशेषता हो । त्यो साँचो मानवता सबैको हृदयमा विराजमान छ । त्यो चीज यो संसारमा होइन, चाहे जो भए पनि, जहाँसुकैको भए पनि हरेक व्यक्तिमा अर्थात् सबैमा विराजमान हुन्छ । सृष्टिकर्ताले सबैलाई यस्तो विशेषता, यस्तो प्रेम दिएका छन् । तपाईँ आफ्नो अनुहारलाई हेर्न सक्नुहुन्न तर अर्काे व्यक्तिको अनुहारलाई हेर्न सक्नुहुन्छ । तर, यदि तपाईँले आफ्नो अनुहार हेर्न चाहनुभयो भने तपाईँलाई ऐनाको आवश्यकता पर्छ । यसरी नै हामीलाई पनि ज्ञानरूपी ऐनाको खाँचो छ । त्यसमा हामीले त्यस चीजको प्रतीकलाई साक्षात् रूपमा हेर्न सक्छौँ, जो हाम्रै हृदयमा विराजमान छन् ।

मानिसले हरेक चीजलाई विचारका माध्यमबाट बुझ्ने कोशिश गर्छ तर भोक लागेमा विचारको रोटीले काम गर्दैन । रोटी त आँटाको हुनुप¥यो तब मात्रै त्यसले भोक मेटिन्छ । कसैले म त खाली रोटीको वर्णन गर्नेछु अनि तपाईँको भोक मेटिनेछ भन्न पनि सक्छ तर त्यसले भोक मेटिँदैन । तिर्खा मेट्नका लागि पनि पानी चाहिन्छ । यसरी नै यो जीवनलाई सफल तुल्याउनका लागि ‘अनुभव’ चाहिन्छ । यो जीवनलाई सफल तुल्याउन ‘वास्तविक शान्ति’ चाहिन्छ । यो जीवनलाई सफल तुल्याउन सबैको हृदयमा व्याप्त स्वतन्त्रताको आवश्यकता पर्दछ । त्यो वास्तविक स्वतन्त्रता हो ! त्यस्तो स्वतन्त्रतालाई कसैले खोस्न सक्दैन । त्यो स्वतन्त्रतालाई कसैले हटाउन सक्दैन । त्यो ज्ञानलाई जस्तोसुकै अज्ञानले पनि हल्लाउन सक्दैन । यसर्थ म त के भन्छु भने, तपाईँलाई अत्यन्तै आवश्यक त्यो ‘शान्ति’ का बारेमा बुझ्नुहोस् । वास्तविक शान्ति त पहिलादेखि नै तपाईँभित्रै छ । यो संसारका रचनाकारले आफ्नो घर कहाँ बनाएका छन् ? उनले आफ्नो घर स्वयम् हामीभित्र बनाएका छन् ! सबैका हृदयभित्र । तर, के ती सृष्टिकर्ताले हामी सबैभित्र बनाएको त्यस घरमा पनि जानुभएको छ ! उनी दयालु छन् । उनको दयाको प्रतीक नै हरेक श्वास हो ! चाहे राम्रो या नराम्रो जस्तोसुकै दिन भए पनि श्वास आइरहन्छ र गइरहन्छ । यही नै ती सृष्टिकर्ताको कृपा हो । हरेक मानिसभित्र त्यो वास्तविक आनन्दलाई अनुभव गर्न सक्ने विशेषता रहेको छ ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।