सशस्त्र प्रहरीको मर्यादाक्रमअनुसार दज्र्यानी चिह्न थाह पाइराखौं


सशस्त्र प्रहरी बल नेपालको अर्धसैनिक सुरक्षा निकाय हो । माओवादी युद्ध चर्किँदै गएपछि विसं २०५७ मा सरकारले नेपाली सेना र नेपाल प्रहरीको बीचमा एउटा अर्को शक्तिको खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेना र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ सशस्त्र प्रहरी बलको स्थापना गरेको हो ।

३७ हजारभन्दा बढी दरबन्दी रहेको यो संगठनलाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पु¥याउन एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्ने गरिएको छ । सशस्त्र प्रहरी बलको मर्यादाक्रमलाई दज्र्यानी चिह्नबाट यसरी हेर्न र जान्न सकिन्छ ।

https://www.apf.gov.np/Pages/Ranks

राजपत्राङ्कित

१. सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)

२. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

३. सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)

४. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

५. सशस्त्र प्रहरी उपरीक्षक (एसपी)

६. सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)

७. सशस्त्र प्रहरी उपरीक्षक (इन्सपेक्टर)

राजपत्र अनङ्कित

८. सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (एसएसआई)

९. सशस्त्र प्रहरी नायब निरीक्षक (एसआई)

१०. सशस्त्र प्रहरी सहायक निरीक्षक (एएसआई)

११. सशस्त्र प्रहरी वरिष्ठ हवल्दार (एसएचसी)

१२. सशस्त्र प्रहरी हवल्दार (एचसी)

१३. एसिस्टेन्ट हेड कन्स्टेबल (एएचसी)

१४. सशस्त्र प्रहरी जवान (कन्स्टेबल)

१५. सशस्त्र प्रहरी परिचर (दज्र्यानी चिह्न छैन)