शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ: मोहमद युनुस

13.44k
Shares

काठमाडौँ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा। मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको अमित्रतापूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, -दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले भारतलाई पठाउन अनुरोध नगरुन्जेल शेख हसिना चुपचाप बस्नु पर्छ ।

युनुसले ढाकास्थित आफ्नो सरकारी निवासमा पीटीआईलाई यो अन्तर्वार्ता दिएका हुन् । शेख हसिनाको सरकारको पतनपछि मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनले भने, ‘बंगलादेशले भारतसँग बलियो सम्बन्धलाई महत्व दिन्छ । तर भारतले अवामी लिग बाहेक सबै राजनीतिक दलहरूलाई इस्लामवादी र शेख हसिना बिनाको देश अफगानिस्तान बन्छ भनेर लेबल लगाउने प्रवृत्तिबाट बाहिर आउन आवश्यक छ ।