बेइजिङ ।
चीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ ।
मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । “हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।
ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया