एमएडब्लुको नाडा अटो शोमा ल्याण्डमार्क बुकिङ


काठमाडौं ।

एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री गर्न सफल भएको जनाएको छ। यो प्रभावशाली उपलब्धि एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयता भएको कम्पनीले उल्लेख गरेको छ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीले भनेको छ। यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता व्यक्त गरे। उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।’

एमएडब्लु समूहले गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित रहेको जनाएको छ। नाडा अटो शोमा समूहको सफलता, ग्राहकको सन्तुष्टि र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो।