ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट सुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औँ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए। यस खेलमा खेलको ४९औँ मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेपछि १० खेलाडीमा सीमित भएको थियो।

यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अङ्क भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अङ्क रहेको छ।