राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई ७-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्की, जुलेस कोउन्डे, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए। यो जितपछि बार्सिलोनाले यस सिजनको ला लिगामा लगातार चौथो खेलमा जित हासिल गरेको छ।

बार्सिलोनाको ४ खेलमा १२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको ४ खेलमा ४ अङ्क रहेको छ।