हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए। हालाण्डले खेलको १०औँ, ३०औँ र ८३औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन्। यस सिजनमा तेस्रो खेलमा हालाण्डको योसहित सात गोल गरिसकेका छन्।

त्यसैगरी वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अङ्क भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अङ्क रहेको छ।