स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित


काठमाडौं ।

अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले अर्को जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिकागो लाई ४-१ गोल अन्तरले पराजित गरेको हो। इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने रोबर्ट टेलरले एक गोल गरेका थिए।

त्यस्तै एक गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोल गरेका थिए। त्यसै गरी सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका थिए। इन्टर मियामी पछिल्ला खेलहरुमा आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै खेलिरहेको छ। मेसी इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन्।

मिडिया रिपोर्टका अनुसार मेसी छिटै मैदानमा फर्किने क्रममा रहेका छन्। यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै सिकागोको २७ खेलमा २६ अङ्क रहेको छ र १४औ स्थानमा रहेको छ।