सुनचाँदीको मूल्य  घट्यो, कति पुग्यो तोलाको ?


काठमाडौँ । 

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रवार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।