नेपाली राजनीतिमा युवा प्रतिनिधित्व : ४० नकटेका प्रत्यक्ष निर्वाचित सांसद केवल ११ जना

0
Shares

काठमाडौं ।

नेपालको राजनीतिमा युवा प्रतिनिधित्व निकै कम छ । गत निर्वाचन अर्थात् प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पनि प्रत्यक्ष निर्वाचनमार्फत संसदमा प्रतिनिधित्व गर्ने ४० वर्ष मुनिका सांसदहरुको संख्या अत्यन्तै कम छन् । दलहरुले उम्मेदवार बनाएका युवामध्ये ११ जनाले मात्रै चुनाव जितेर संसदमा आएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार उक्त निर्वाचनमा प्रतिनिधिसभाको १ सय ६५ सदस्यका लागि २ हजार ४ सय १२ जनाले उम्मेद्वारी दिएका थिए । तीमध्ये ७ सय ५९ जना ४० वर्ष मुनिका थिए । यो उमेर समूहका धेरैजसो स्वतन्त्र उम्मेदवार थिए । दलहरुबाट ४ सय ३ ले उम्मेदवारी दिँदा स्वतन्त्र उम्मेदवारको संख्या ३ सय ५६ थियो ।

काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम (२७ वर्ष)ले प्रत्यक्षतर्फ चुनाव जितेका थिए भने गौतमभन्दा दुई वर्ष जेठा योगेश गौचन थकाली (२९ वर्ष) ले मुस्ताङबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै निर्वाचन जितेका थिए । त्यस्तै जुम्लाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही (३० वर्ष) राप्रपाबाट संसदमा प्रतिनिधित्व गरेका छन् । उनी अहिले राप्रपाका प्रवक्ताको भुमिकामा पनि बहन गर्दैछन् । ३२ वर्षीय सुहाङ नेम्वाङ एमालेबाट प्रतिनिधित्व गर्दै इलाम– २ को उपनिर्वाचनबाट संसदमा भित्रिएका छन् ।

त्यस्तै ललितपुर–३ बाट प्रतिनिधित्व गर्ने रास्वपाकी सांसद तोसिमा कार्की निर्वाचित हुँदा ३३ वर्षकी थिइन् भने नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी ३७ वर्षका थिए । प्रत्यक्ष निर्वाचित अन्य सांसदहरुमा नागरिक उन्मुक्ति पार्टीकै रञ्जिता श्रेष्ठ (३९), माओवादीका अमनलाल मोदी (३७), रास्वपाका हरि ढकाल (३९), एमालेकी ज्वालाकुमारी साह (४०) एमालेकै महेश बर्तौला (४०) वर्षका रहेका छन् । सांसदहरुको यो उमेर उनीहरु निर्वाचित हुँदाको हो ।

यसअघि २०७४ सालमा ४० वर्षमुनिका १४ जना सांसद प्रत्यक्ष निर्वाचित थिए भने २२ जना समानुपातिकबाट आएका थिए । वि.सं. २०६४ को संविधानसभामा भने ३० वर्ष मुनिका नै ५२ जना सभासद थिए ।

इतिहासको कालखण्डमा २ पटकसम्म सरकारको नेतृत्व गरेका पाँच हस्ती

नेपालको इतिहासमा राणा प्रधानमन्त्री जंगबहादुर राणाले सम्भवतः पहिलो पटक दोह¥याएर सरकारको नेतृत्व गरेका थिए । उनले लगातार ३० वर्ष सरकार प्रमुख भएर शासन गरेका थिए ।

त्यसपछि २००७ सालको क्रान्तिपछि २००८ सालमा गठन भएको पहिलो नागरिक सरकारको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोईरालाले पनि दुई पटक सरकारको नेतृत्व गरे । २००८ सालमा नेपाली कांग्रेसबाट अलग्गिएका कारण पदावधी पूरा नगरीकनै प्रधानमन्त्री पद त्यागेका मातृकाप्रसाद २०११ सालमा फेरि दास्रो पटक प्रधानमन्त्री बनेका थिए ।
त्यसैगरी डा. तुलसी गिरी, नगेन्द्रप्रसाद रिजाल र कृष्णप्रसाद भट्टराई पनि दुई पटकसम्म सरकारको नेतृत्वमा पुगेका थिए ।
को कहिले पुगे सरकारको नेतृत्वमा
जंगबहादुर राणा
वि.सं.१९०३ – १९१३, विसं. १९१४ – १९३३
मातृका प्रसाद कोईराला
वि.सं.२००८ – २००९, वि.सं.२०१० – २०११
डा. तुलसी गिरी
अध्यक्ष मन्त्रिपरिषद्– वि.सं. २०१९ – २०२१
प्रधानमन्त्री– वि.सं. २०३२ – २०३४
नगेन्द्रप्रसाद रिजाल
वि.सं.२०३० – २०३२, वि.सं . २०४२
कृष्णप्रसाद भट्टराई
वि.सं. २०४७ – २०४८, विसं २०५६ – २०५६