बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।