जापानमा भारी वर्षासँगै  शक्तिशाली आँधी, उडान र रेल सेवा अवरुद्ध


काठमाडौँ । 

दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेपछि त्यहाँका उडान र रेल सेवा अवरुद्ध भएका छन् ।

‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्। भारी वर्षाका कारण हामामात्सु र टोयोहासीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो ।

जापान एयरलाइन्सले मङ्गलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।

‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युसुतर्फ लाग्ने अपेक्षा गरिएको छ।