कति छ आज सुनचाँदीको बजार भाउ ?


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।