एन्फाको बैठकमा थप एजेण्डा राखिने


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को यसै मंगलबार बस्ने केन्द्र्रीय कार्यसमितिको बैठकमा थप दुई एजेण्डा थपिने भएको छ। एन्फा उपाध्यक्ष विराटजंग शाही र सदस्य पेमा डोल्मा लामाले दिएका एजेण्डा एन्फाको केन्द्रिय कार्यसमितिको बैठक समावेश हुने भएको हो। यसअघि बैठकमा २१ एजेण्डा राखिने लिस्ट तयार भइसकेको थियो।

उपाध्यक्ष शाहीले जनाएअनुसार अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरुको वर्गीकरण र सेवा सुविधा, फिफाद्धारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्ध एजेण्डामा थप्न अनुरोध गरिएको हो।

त्यस्तै आर्थिक वर्ष आव २०८०/ ८१ को आन्तरिक लेखा परिक्षण प्रतिवेदन, विश्व कप दोश्रो चरण अन्तर्गतका खेलहरुको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्षको उजुरी र राखेपको पत्रका सम्बन्धमा पनि बैठकको एजेण्डामा थप्न शाहीले पत्रमा उल्लेख गरिएको थियो।

सदस्य लामाले महिला तथा पुरुष खेलाडीहरुको मासिक तलब भत्ता तलब वृद्धि, राष्ट्रिय महिला टिमको लागि विदेशी प्रशिक्षकको नियुक्ति, महिला लिगको पुरस्कार र मिशन वर्ल्डकप २०२७–३१ का सम्बन्धको एजेण्डा थप गर्न माग गरेकी हुन्।