युएस ओपन पुरुष सिंगल्सका अब्बल फेडेरर

658
Shares

काठमाडौं ।

युएस ओपन हार्ड कोर्टमा आयोजना हुने वर्षकै अन्तिम टेनिस ग्राण्डस्लामबाट परिचित छ। झन्डै डेढ शताब्दी लामो इतिहास बोकेको यूएस ओपनको पुरुष सिंगल्सतर्फ अहिलेसम्म धेरै जना च्याम्पियन बनिसकेका छन। अमेरिकामा हुने यस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ थुप्रैले उपाधिमाथि आफ्नो नाम लेखाइसकेका छन्।

यति लामो इतिहास रहेको यस प्रतियोगितामा अहिलेसम्म पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्ने खेलाडीहरु पनि धेरै नै छन । ती खेलाडीहरुलाई उपाधि जितेको संख्याको आधारमा टेनिसको चर्चित अनलाइन साइट ‘टेनिस ३६५’ ले वरियतामा सूचीकृत गरेको छ । जसमध्ये स्वीट्जरल्याण्डका टेनिस आइकन रोजर फेडेरर अग्रपंक्तिमा छन् ।

टेनिस जगतमा ६ वर्षको अन्तरालमा डेढ दर्जनभन्दा बढी ग्राण्डस्लाम जितेर उनले सनसनीपूर्ण कीर्तिमान बनाएका थिए । हरेक ग्राण्डस्लाममा उनी कम्तीमा पाँच पटकसम्म फाइनल पुगेका छन् । उनले २ सय ३७ साता टेनिस विश्व वरियता शीर्ष स्थानमा रहेर कीर्तिमान पनि बनाए । यूएस ओपनको सर्वकालीन महान खेलाडीको शीर्ष स्थानको दोस्रोदेखि नर्वौ स्थानसम्म क्रमशः जिमी कोनर्स, नोभाक जोकोभिच, पिट साम्प्रास, जोन म्याकेन्रो, इभान लेन्डल, राफेल नाडाल, आन्द्रे आगासी र स्टेफन एडबर्ग रहेका छन् ।
१. रोजर फेडरर
विजेता : २००४–२००८
उपविजेता : २००९, २०१५

पछिल्ला तथ्यांकहरुको अध्ययन गर्दा यूएस ओपनको सर्वोत्कृष्ट खेलाडी चयन गर्न कठिन हुन्छ । तर, लगातार ६ पटक फाइनल पुगेर लगालग पाँच पटक यूएस ओपन च्याम्पियन बनेका फेडेररको वजन नै भारी देखिन्छ । स्वीस महान खेलाडी फेडेररले सन २००४ मा पहिलो पटक यूएस ओपनको उपाधिमाथि कब्जा गरेका थिए।

जुन त्यसपछि बितेको चार वर्षसम्म निरन्तर जारी रह्यो। पहिलो पटक यूएस ओपनको उपाधि उचाल्नेक्रममा लेटन हेविटलाई हराएका उनले त्यसपछि अगासीलाई २००५ मा, आन्द्रे रोड्डिकलाई २००६ मा, नोभाक जोकोभिचलाई २००७ मा र एन्डी मर्रेलाई २००८ मा हराएका थिए। त्यसको एक वर्षपछि डेल पोत्रोसँग हार बेहोर्दै उपविजेतामा सिमित बनेका फेडेरर सन २०१५ मा भने जोकोभिचसँग पराजित हुँदै दोस्रो पटक उपविजेता बनेका थिए।
२. जिमी कोनर्स
विजेता : १९७४, १९७६, १९७८, १९८२–१९८३
उपविजेता : १९७५, १९७७

सन १९७० को दशक र १९८० को प्रारम्भिक कालका एक उत्कृष्ट खेलाडी हुन् अमेरिकाका जिमी कोनर्स । जसले आफ्नो आठ ग्रान्डस्लाम सिंगल्स उपाधिमध्ये पाँचवटा यूएस ओपनमा नाम लेखाए। सन १९७४ मा अस्ट्रेलियाका लिजेन्ड केन रोजवाललाई हराएर कोनर्सले आफ्नो पहिलो यूएस ओपन उपाधि जितेका थिए।

सन १९७६ र १९७८ मा स्विडेनका लिजेन्ड बजर्न बर्गलाई हराएर लगातार दोस्रो र तेस्रो पटक यूएस ओपन उपाधि जिते। त्यसको चार वर्षपछि सन १९८२ को फाइनलमा चेकोस्लाभाकियाका लिजेन्ड इभान लेन्डललाई हराएर चौथो पटक उपाधि जितेका उनले त्यसको एक वर्षपछि फेरि लेन्डललाई नै हराएर पाँचौं पटक उपाधि जितेका थिए। कानर्स लगातार पाँच पटक फाइनलमा पुग्न सफल खेलाडी हुन। त्यसक्रममा उनी सन् १९७५ र १९७७ को फाइनलमा पराजित भएका थिए।

३. नोभाक जोकोभिच
विजेता : २०११, २०१५, २०१८, २०२३
उपविजेता : २००७, २०१०, २०१२, २०१३, २०१६, २०२१

टेनिसका सर्वोत्कृष्ट खेलाडीको दर्जा पाएका नोभाक जोकोभिचले अहिलेसम्म २४ वटा ग्रान्डस्लाम सिंगल्स उपाधि जितेका छन् । जसमध्ये चारवटा यूएस ओपनको उपाधि सामेल छन् । यति मात्र होइन, सबिर्याका यी लिजेन्डले यूएस ओपनको फाइनल १० पटक खेलिसकेका छन् ।

सन २००७ र २०१० मा उपविजेता बनेका उनले सन् २०११ मा स्पेनका लिजेन्ड राफेल नाडाललाई हराएर पहिलो पटक यूएस ओपनको उपाधिमा नाम दर्ता गराए। त्यसको चार वर्षपछि सन २०१५ मा रोजर फेडेररलाई हराएर दोस्रो पटक उपाधि जितेका थिए।

जोकोभिचले २०१८ मा तेस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाका मार्टिन डेल पोत्रोविरुद्ध जित निकाले भने २०२१ मा रुसका डेनियल मेदभेदेभलाई हराएर चौथो पटक यूएस ओपन च्याम्पियन बने ।