रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ ।मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकमा छलफलका लागि समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।

रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।