सुनकोसीमा बेपत्ता गाडी भेटियो, निकाल्ने प्रयास


काठमाडौं । 

सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ । नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए । खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जिप अबिन बाकेले चलाएका थिए । सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् ।

कक्षपतिको टाउको र पातामा चोट लागेको एसपी काफ्लेले जानकारी दिए । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले जिप निकाल्ने प्रयास गरिरहेको छ । भक्तपुर सूर्यविनायकका ३२ वर्षीय अबिन बाके (चालक), सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र सोही ठाउँका ३७ वर्षीय बलराम घटुवा गाडीसँगै डुबेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।