सुनकोशीमा बोलेरो  खस्यो 


 काठमाडौँ। 

सिन्धुलीको गोलान्जोर गाउंपालिका-  १ मध्य पहाडी लोकमार्ग स्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नं. नखुलेको डबल क्याप बोलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । 

उक्त गाडीमा  सवार ४ जना मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाइते भएका छन् । 

नदीमा खेसेको गाडी र बाँकी यात्रुको  सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन बेश खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोर सहित १० जनाको टोलीले  खोजी शुरु गरेको प्रहरीले जनाएको छ 

 दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।