आँबुखैरेनी बस दुर्घटना: सबै शव भारत पठाइयो


काठमाडौँ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार दिउँसो चितवन आएको हो । बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको चितवन प्रहरीले जनाएको छ ।