सांसद गौचन बिरामी, सेनाले गर्‍यो उद्धार


काठमाडौँ।

गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली कांग्रेसकी सांसद गौचनलाई मुस्ताङमा रहेको नेपाली सेनाको टोलीले बिहीबार उद्धार गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सांसद गौचन भदौ २ गते दामोदर कुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित दामोदर कुण्डको अवलोकनका लागि गएकी थिइन्।

भदौ ३ गतेदेखि स्वास्थ्यमा अचानक समस्या आएपछि उनी त्यहीँ रोकिएकी थिइन्। उनलाई प्रतिकुल मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न कठिनाइ भएपछि सेनाको डाक्टर सहितको टोलीले बुधबार आवश्यक औषधी तथा उद्धार सामग्रीहरूसहित उक्त स्थानमा पुगेर सकुशल उद्धार गरी स्थलमार्गबाट शुक्रबार मुस्ताङको सदरमुकाम जोमसोम ल्याइएको हो ।