आँबुखैरेनी बस दुर्घटनाका १२ जना घाइतेलाई काठमाडौँ ल्याइयो


काठमाडौँ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको हो।

अहिले उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ। एक जना घाइतेलाई भने चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको छ।

दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन्। अन्यको खोजी कार्य जारी छ।

पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस आज बिहान आबुखैरेनी गाउँपालिका वडा नं.२ ऐनापहरास्थित मर्स्याङ्दी नदिमा खसेको थियो।