मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनियो


मुस्ताङ।
मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरोले बोक्सी खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

उनका अनुसार दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी प्राप्त भएको र त्यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियोएको हो।

हिमपहिरो खसेपछि खोलाको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले बताए । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको उनको भनाइ छ।

यसअघि २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमा हिमपहिरो आएको थियो।