आँबुखैरेनी दुर्घटना अपडेट : २९ जनाको उद्धार


काठमाडौँ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ । अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० जना यात्रु रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।