भ्रष्टाचार मुद्दामा पाँच बर्षे हदम्याद मान्य छैन- रवि लामिछाने


काठमाडौँ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच बर्षे हदम्याद आफूहरूलाई मान्य नहुने स्पष्ट गरेका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरूलाई मान्य नहुने बताएका हुन् ।

लामिछानेले अहिले देशका युवाहरुले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुसी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ ।