आन्ध्र प्रदेशको एक उद्योगमा भीषण आगलागी, १८ जनाको मृत्यु


हैदाराबाद  ।

आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भीषण आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानीय प्रहरीले दिएको छ।

हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ३६ जना घाइते भएका जनाएको थियो। सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ। घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो। प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठुलो विस्फोट भएको बताए। जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन्। घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए। जसका कारण क्षति कम भएको जनाइएको छ। पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरूले बताएका छन्।

यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो। मध्यवर्ती रसायन र सक्रिय औषधि सामग्री (एपीआई) को निर्माता एसिएंटिया एडवांस्ड साइंसेजले २०० करोड रुपैयाँको लगानीमा यो कारखाना सुरु गरेको हो। यसको उत्पादन अप्रिल २०१९ मा सुरु भएको थियो।