सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।