त्रिवि असुरक्षित भएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा


काठमाडौं ।

शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गरेकी छन्। केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उनले गृह मन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गरेकी हुन्। 

मन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सञ्जाल एक्स मार्फत भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’ 

भट्टराईले आफूले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै यसो गरेको स्पष्ट पारिन् ।