गुन्डोगानले लिए संन्यास


एजेन्सी ।

जर्मनीका स्टार मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सोमबार राति सोसल मिडियामार्फत् ३३ वर्षीय गुन्डोगानले राष्ट्रिय टिमबाट अलग हुने निर्णय गरेका हुन्।

डेढ महिनाअघि सम्पन्न यूरो कप २०२४ मा जर्मनीबाट खेलेका गुन्डोगानले राष्ट्रिय टिम छाड्ने निर्णय गरे। उनले जर्मनीको राष्ट्रिय टिमसँगैं ला लिगा टिम बार्सिलोना पनि छाड्ने निर्णय गर्न लागेको बताइएको छ। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका उनले केही दिनभित्रै बार्सिलोना छाडेको घोषणा गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
केही तथ्यः
—सन् २०११ मा जर्मनीको राष्ट्रिय टिममा डेब्यू गरेका गुन्डोगानले देशका लागि हालसम्म कूल ८२ म्याच खेल्दै १९ गोल गरेका
— उनले देशको जर्सीमा कुनैपनि उपाधि जित्न सकेनन् । सन् २०१४ मा जर्मनीले फिफा विश्वकप जित्दा उनी चोटका कारण टिममा थिएनन् ।
—स्पेनको बार्सिलोना क्लबमा दोस्रो सिजन सुरु गरेका उनले क्लब समेत छाड्न लागेको चर्चा बढेको
—गत समर विन्डोमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेर फ्री ट्रान्सफरमा बार्सिलोनामा अनुबन्ध भएको ।
—पहिलो सिजन बार्सिलोना उपाधिबिहीन हुँदा गुन्डोगानले दोस्रो सिजन बार्सिलोनामा नबिताउने निर्णय लिन लागेको बताइएको।
—उनले छोडेको क्लब म्यानचेस्टर सिटीले गत सिजन इंग्लिश प्रिमियर लिगको उपाधि जितेको थियो । जारी सिजनको सुरुमै सिटीले कम्युनिटी सिल्ड जितेको ।
—अहिले गुन्डोगानलाई फर्काउन सिटीले बार्सिलोना समक्ष वार्ता गरिरहेको जनाइएको छ । गुन्डोगानले सिटी नै फर्किने चासो देखाएको बताइएको छ ।