रोनाल्डो म्यानचेस्टर फर्कने सक्ने


एजेन्सी ।

क्रिस्टियानो रोनाल्डो उनको पुरानै क्लब म्यानचेस्टर यूनाइटेडमा फर्कने संभावना रहेको बताइएको छ। रोनाल्डोले प्रिमियर लिग क्लबमा दुई स्पेल बिताइसकेका छन् । यदि फेरि फर्केमा यो उनको सो क्लबमा तेस्रो स्पेल हुनेछ।

हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डो ३९ वर्षका भइसकेका छन्। यो उमेरमा पनि उनलाई म्यानचेस्टरले आबद्ध गर्न सक्ने संभावना रहेको लुइस साहाले बताए।

रोनाल्डोका एक्स टिम मेट साहाले टीभीस्पोर्टनलाई बताए-क्रिस्टियानो रोनाल्डोमा म्यानचेस्टर यूनाइटेडमा फर्कने चाहना रहेको छ। यो मेनेजर वा कोचको भुमिकामा हुन सक्छ।

रोनाल्डोले यूनाइटेडका लागि ३४६ म्याच खेल्दै १४५ गोल गरेका छन्। पहिलो स्पेलमा रोनाल्डो टिनएजमै थिए। उनी २००९ मा यूनाइटेड छाडेर रियल मेड्रिडमा आबद्ध भएका थिए। यसपछि २०२१ मा यूनाइटेडमा आउँदा उनको योगदान खासै रहेन। मेनेजर एरिक टेन हागबारे एउटा अन्तर्वार्तामा बोल्दा उनको ओल्ड ट्राफोर्डको बसाई सकिएको थियो।