समोआका भेसेरको टी २० मा वर्ल्ड रेकर्ड


काठमाडौं ।

समोआका ब्याटर डारिस भिसेरले टी २० अन्तर्राष्ट्रिय क्रिकेटतर्फ एक ओभरमा सर्वाधिक रन बनाउने विश्व रेकर्ड राखेका छन्। भिसेरले २०२६ टी २० वर्ल्डकप रिजनल क्वालिफायरमा वर्ल्ड रेकर्ड सेट गरेका हुन्।

भिसेरले यो भानुआटुविरुद्ध राखेको रेकर्डले यसअघि पाँच चर्चित ब्याटरहरुले संयुक्तरुपमा राखिएको रेकर्ड पनि तोडियो। जसमा नेपालका दीपेन्द्रसिंह ऐरीको रेकर्ड पनि छायामा परेको छ।

मंगलबार भएको खेलमा केवल तेस्रो टी २० आई खेलेका भिसेरले नलिन निपिकोको एकै ओभरमा ३९ रन बटुलेका हुन्। यो मेन्स टी २० आईमा एकै ओभरमा ६ छक्का प्रहार गरिएको चौथो अवसर थियो। भिसेरले ६२ बलमा १३२ रन बनाएको उक्त खेल समोआले जितेको थियो।

मेन्स टी २० मा एकै ओभरमा ३६ रन भन्दा बढी बनेको यो पहिलो अवसर हो । १५ औं ओभरमा भिसेरले पहिलो तीन बलमा दीप मिडविकेट बाउन्ड्रीमाथि तीन छक्का प्रहार गरे । यसपछि एक बल नो बल भयो र फ्रिहिटमा लेग साइडतिर छक्का प्रहार गरियो।

यसपछि डट बल फ्यालियो । यहाँ फेरि नो बल भयो र फ्रिहिटमा भिसेरले लेग साइडतिर छक्का प्रहार गरे । यस ओभरको अन्तिम बलमा भिसेरले दीप स्क्वायर लेगमा छक्का प्रहार गरेपछि ३९ रन बनेको थियो ।
पहिले ३६ रनको रेकर्ड राख्नेहरु
—भारतका युवराज सिंह २००७ को टी २० आई वर्ल्डकपमा ६ छक्का प्रहार गरेको (इंग्ल्यान्डका बलर स्टुआर्ट ब्रोडविरुद्ध)
—टी २० आईमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने सिंह पहिलो ब्याटर बने
—वेस्ट इन्डिजका कीरोन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरे । (अकिला धनन्जयको बलिङमा)
—यसै वर्षको शुरुआतमा नेपालका दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ छक्का प्रहार गरेको
—वेस्ट इन्डिजका निकोलास पूरनले अफगानिस्तानविरुद्ध टी २० वर्ल्डकपमा एकै ओभरमा ३६ रन जोडेको
—पूरनले अजमातुल्लाहको बलमा ३ छक्का मात्रै प्रहार गरेको
—भारतका रोहित शर्मा र रिन्कु सिंहले अफगानिस्तानविरुद्ध २०२४ मै संंयुक्त रुपमा एकै ओभरमा ३६ रन बटुलेको ।
—करिमको बलिङमा रोहितले २ छक्का र रिन्कुले ३ छक्का प्रहार गरेको ।