अक्सफोर्ड युनिभर्सिटी कुलपतिका लागि जेलमा रहेका इमरान खानको आवेदन


लन्डन  । 

एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।

 इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुनु । 

 बुखारीले भने कि इमरान चुनाव लड्न राजी भएका छन । उनले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर चुनाव २०२४ को लागि आवेदन फारम बुझाएका छन्। यो निर्वाचन अक्टोबर २८ मा हुदैँछ । अक्सफोर्डको ८०० वर्षको इतिहासमा पहिलो पटक चान्सलरको निर्वाचनका लागि अनलाइन भोटिङ हुने भएको छ ।

 बुखारीले भने, ‘यदि उनी चान्सलर बने भने उनी एसियाली मूलको पहिलो व्यक्ति हुनेछन्। यो पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण एसिया र बाँकी विश्वका लागि ठूलो उपलब्धि हुनेछ।’

 इमरान अक्सफोर्डका विद्यार्थी हुन्
 

चुनाव लड्नका लागि अगस्ट १८ सम्म दर्ता हुनुपर्नेछ । अक्सफोर्डले अक्टोबरको सुरुमा उम्मेदवारहरूको सूची जारी गर्ने जनाएको छ। अक्सफोर्डले अन्तिम सूची सार्वजनिक गरेको छैन तर केही रिपोर्टका अनुसार पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, थेरेसा मे र बोरिस जोन्सन पनि चुनाव लड्ने भएका छन् ।

 यसबाहेक कुलपति पदका लागि केही महिलाले पनि आवेदन दिएका छन् । यदि यस पदमा छनोट भएमा विश्वविद्यालयको इतिहासमा उनी पहिलो महिला कुलपति हुनेछिन् ।

 इमरान खान अक्सफोर्डका विद्यार्थी हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयको केबल कलेजबाट सन् १९७२ मा अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए।