सुर्खेतमा गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षको मृत्यु


सुर्खेत ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२- ००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा कार्की सख्त घाइते भएका थिए।

भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ। उनी नेकपा (माओवादी केन्द्र) को तर्फबाट गत स्थानीय तहको चुनावमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए।