पाटन अस्पतालको निर्देशकमा पुनः रवि शाक्य


ललितपुर ।

पाटन अस्पतालको निर्देशकमा पुनः प्राडा रवि शाक्य दोहोरिएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको गत ३२ साउनमा बसेको कार्यकारी परिषद्को बैठकले उनलाई पुनः चार वर्षका लागि निर्देशक पदमा नियुक्त गरेको हो।

वरिष्ठ मानसिक रोग विशेषज्ञको रूपमा परिचित प्राडा शाक्य यसअघि पनि चार वर्षका लागि निर्देशक पदमा कार्यरत थिए। पहिलो पटक विसं २०७७ साउन ३२ गते निर्देशक पदमा नियुक्त भएका उनको चार बर्से कार्यकाल गत ३१ साउनमा सकिएको थियो । त्यसपछि परिषद्ले पुनः उनलाई निर्देशकमा दोहोर्‍याएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन अनुसार प्रतिष्ठानको उपकुलपतिले अस्पतालको निर्देशक नियुक्त गर्ने व्यवस्था रहेको छ।