तिपेनीमा पहिरोले इन्द्रावती थुनियो 


काठमाडौँ। 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल-७ स्थित तिपेनीमा  सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ। तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको पहिरोका कारण इन्द्रावती नदी थुनिएको नेपाली सेनाले जनाएको छ। 

पहिरोका कारण थुनिएको  इन्द्रावती नदी एक्कासि खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउनको लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी  गरेको छ।