सर्वेश्वर महादेवको मेला नै खल्लो बनाउने त्यो आगलागी (भिडियो)


ललितपुर।

ललितपुरको बंगलामुखी नजिक एक घरमा सोमबार ठूलै आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ ।
बंगलामुखी परिसरमा सर्वेश्वर महादेवको मेला भइरहेको स्थानबाट दक्षिणतर्फ बंगलामुखीमार्ग  (कोबहाल) घर नं २०८५१ करिब डेढ सय मिटर दुरीमा रहेको पुरानो घरमा बिहान ८ः १५ बजेतिर आगलागी भएको हो। 

घरका ढलिन, झ्यालहरुदेखि लत्ता, कपडा ओढ्ने ओछ्याउने जलेर पुरै खरानी भएको थियो।आगलागी भएको केही समयपछि पुल्चोकबाट आएको बारुणयन्त्र प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको थियो ।

बिजुलीको स्पार्कबाट उत्पन्न भएको आगो घरको माथिल्लो तला (बुइँगल)मा राखेको भुसको माध्यमबाट सल्केको अनुमान रहेको छ । प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन। महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षकका अनुसार करिब ४५ बराबरको क्षति भएको हुन सक्ने प्रारम्भिक आंकलन रहेको छ ।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका नाउँमा हरेक वर्ष लाखौं रकम खर्च गर्ने गरेकोमा यस्ता आगलागीको घटना ती कार्यक्रमको व्यापकता र प्रभावकारीतामाथि सधैँ प्रश्न उठ्ने गरेको छ ।