ट्राइसिरिजमा सन्जिल पहिलो


काठमाडौं ।

तेस्रो ट्राइसिरिज पुष्पराज शाक्य मेमोरियल टेबलटेनिस प्रतियोगितामा मेन्स ओपनतर्फ सन्जिल शाक्य पहिलो भएका छन्। वाईसीएचका उनले फाइनलमा आर्ईएससीका राजेन्द्र वज्राचार्यलाई हराएर उपाधि जितेका हुन्।

आईएससी र खोल्चाका क्रमशः अशोक महर्जन र नदीमरत्न शाक्य तेस्रो स्थानमा रहे । मेन्स डबल्सतर्फ भने अशोक महर्जन र सुशील बज्राचार्यको जोडीले उपाधि जित्यो। उनीहरुले आईएसीसीकै राजेन्द्र वज्राचार्य र मनिष खरेलको जोडीलाई हराएका थिए।

यू १६ ब्वाइजतर्फ वाईसीएम उस्मान वज्राचार्यले वाईसीएचका सक्षम शाक्यले आईएससीका सोयम महर्जनलाई हराएर उपाधि जितेका थिए । प्रतियोगिता खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजना गरिएको थियो ।