केदारेश्वरलाई गोल्ड



काठमाडौं ।

केदारेश्वरमान स्थापितले ११ औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा गोल्ड जितेका छन्।काजाकिस्तानको ओस्केमेनमा जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगिताको इन्क्लाइन बेन्च प्रेसको मास्टर्स २ क्याटगोरीको ५० वर्षमाथि पुरुष ७२ देखि ७६ केजी तौलसमूहमा गोल्ड जितेका हुन्।

उनले कुल १ सय ९५ केजी भार वहन गरे। केदारेश्वरकाअनुसार उनको स्पर्धामा विभिन्न ९ राष्ट्रका त्यत्तिनै खेलाडी सहभागी थिए। किर्गिजिस्तानका खेलाडी दोश्रो तथा चीनका खेलाडी तेश्रो भए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई सफलताका लागि आइतबार बधाइ दिए। उनले २०२२ को नवौं तथा २०२३ को १० औं गरी दुवै संस्करणमा रजत जितेका थिए।