कुरा काटेर तीज गीत


काठमाडौं ।

हिन्दु नारीहरूको विषेश चाड तीजलाई लक्षित गर्दै रोइला गायक शिरिष देवकोटा र गायिकाद्वय ज्योति न्यौपाने र जुना श्रिस मगरले तीज गीत कुरा काटेर बजारमा ल्याएका छन्।

समसामयिक विषयमा रचिएको गीतले महिलाको कुरा काटेर हिँड्ने बानी र पुरुषको बाहिरी माया साटेर हिँड्ने बानीबारे रमाइलो तरिकाले सचेत गरेको छ। शिरिषको साथमा ज्योतिको शब्द रचना रहेको गीतमा ज्योतिकै संगीत रहेको छ।
गीतमाथि तीजको नाचगानसहित रमाइलो माहोल झल्कने गरी म्युजिक भिडियो निर्माण गरिएको छ।

स्मृति तिमल्सिना गुरुआमाको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ। हालै शिरिष देवकोटा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले उत्साहजनक भ्युज पाएको छ।