सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी काठमाडौंबाट पक्राउ


काठमाडौँ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका १४ श्रीपुर घर भई पोखरा १७ घारिपाटन बस्ने ४८ वर्षका अनुज नकर्मीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका पूर्व सचिव समेत रहेका नकर्मीलाई काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आइतबार पोखरा जिल्ला अदालतमा हाजिर गराइएको कास्की प्रहरीले जानकारी दिएको छ ।