सहकारी ठगी प्रकरणमा रास्वपाका सह-महामन्त्री आचार्यसँग समितिले लियो बयान


काठमाडौँ ।

सहकारी संस्था बचत ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो ।

सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो । सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए । साथै उनी नोबडी प्रडक्सन प्रालिका संचालक समेत हुन् ।