परराष्ट्रमन्त्री राणा भारत प्रस्थान


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन्। भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।  उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।