विश्वकै फास्ट धावक बोल्टको साधारण खाना


एजेन्सी ।

विश्वकै फास्ट धावक उसेन बोल्ट ओलम्पिक्स १०० मिटरमा लगातार तीन गोल्ड मेदल जित्ने पहिलो धावक हुन्। जमैकाका यी लिजेन्डले २००८ (बेइजिङ), २०१२ (लन्डन) र २०१६ (रियो) ओलम्पिक्समा गोल्ड जितेका हुन्।

साथै यही तीनै ओलम्पिक्सअन्तर्गत २०० मिटर रेसमा पनि उनले गोल्ड जितेका थिए । उनले ओलम्पिक्समा ८ गोल्ड जितेका छन्। उनले वल्र्ड च्याम्पियनसिपमा ११ गोल्ड जितेका छन् ।

यतिका उपलब्धि हासिल गर्ने बोल्टको खाना साधारण रहेको छ। उनको खाना यसप्रकार रहेको छ। ब्रेकफास्ट—जोनी केक र उसिएको आलु खान्छन्। यी दुई खानाले हाइ इनर्जी दिन्छ। यसले व्यक्तिलाई धेरै काम गर्न मद्दत गर्छ।
लन्च-माछा, भात वा पास्ता, पाउरोटी, प्रशस्त तरकारी खाने गर्छन् ।

डिनर—केरा, आँप, कटहर र स्याउ खान्छन्। यसका साथै प्रशस्त पानी पिउँछन्। यसका साथै बोल्टले रेस्टुरेन्टमा फास्ट फुड खान पनि रुचाउँछन्। इनर्जी ड्रिन्क्स र कहिलेकाही बीयरसँग टोस्ट पनि खाने गरेको उनले बताएका छन्।