सेल्फी खिच्दा खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता


काठमाडौं ।

फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती खोलामा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।