किर्तिमानी अर्शदलाई मनपरेको ससुराको भैंसी उपहार


एजेन्सी ।

ज्याभलीन थ्रो मार्फत पेरिस ओलम्पिकमा नयां किर्तिमानसहित स्वर्ण पदक जितेर पाकिस्तानी खेलकुद इतिहासको पानामा स्वर्णिम अक्षर लेखाउन सफल अर्शद नादिम जीवनको नयाँ पृष्ठमा प्रवेश गरेका छन्। उनीमाथि देशभरबाट बोनस र प्रायोजनहरुको वर्षा भएको छ।

उनलाई करौडौं नगद पुरस्कार, गाडी, मोटरसाइकल र जग्गा पनि प्रदान गरिएको छ। उनलाई पुरस्कार दिइएको नयाँ सिभिक मोटरसाइकलको प्लेट नम्बर एब्प्–ढद्द।ढठ राखिएको छ, जुन उनले पेरिस ओलम्पिक २०२४ मा ज्याभलीन थ्रो मार्फत फ्याँकेको नयाँ ओलम्पिक दूरीको संकेत हो। उनलाई उपहार स्वरुप तीनवटा गाडी पनि प्रदान गरिएको छ। जसमा जीवनभर निःशुल्क इन्धनको व्यवस्था पनि जोडिएको छ। त्यतिमात्र होइन, अर्शदलाई भविष्यमा कुनै पनि प्रकारको कर तिर्नु नपर्ने सुविधा पनि दिइएको छ।

यति धेरै विलासीपूर्ण पुरस्कार र उपहार पाएपनि उनका ससुराले दिएको भैंसी उपहार भने अहिले चर्चित बनको छ । ससुरासंग जग्गा जमीन धेरै भएपनि भैंसी उपहार दिएकोमा उनले ब्यङ्य गरेका थिए । ससुराबाट प्राप्त भैंसी उपहार उनलाई सबैभन्दा मन परेको उनले एउटा पत्रकार सम्मलेनमा बताए। ससुराले दिएको भैंसी उपहारलाई उनले एउटा महान उपहारको रूपमा व्याख्या गरेका छन। जसले उनको ससुराप्रति आदर र सम्मान दर्शाउँछ।

उनीहरूको गाउँको संस्कृतिमा भैंसी उपहारलाई ठूलो सम्मानको रूपमा हेरिन्छ। उपहारमा पाएको भैंसीलाई घर ल्याएपछि अर्शदले भने,–“हरेक पटक घर फर्केपछि म आनन्द महसुस गर्छु। मलाई कुनै गुनासो छैन र खाना पनि मिठो लाग्छ। भैंसी उपहार र यहाँका मानिसहरू र मेरो रितिरिवाजप्रति गर्व र खुशी छु।”

उनको उक्त भनाइले यति ठूलो सफलताका बावजूद पनि आफ्नो ग्रामीण परिवेशसँगको सम्बन्धलाई उनले कायमै राखेका छन्। उनी खानेवाल, पञ्जाबमा आफ्ना बुबा, आमा र दाजुहरूसहित संयुक्त परिवारमा बस्छन्। उनका ससुरा मोहम्मद नवाजको भैंसी उपहारले उनीहरूको समुदायको गहिरो परम्परालाई दर्शाउँछ।

उनका ससुरा नवाजका चार छोरा र तीन छोरीहरू छन्, जसमध्येका छोरी आयेशा अर्शदका पत्नी हुन्। अर्शद दुई छोरा र एक छोरीका पिता पनि हुन । अर्शदको उपलब्धि र त्यसपछि प्राप्त भएको परम्परागत उपहारले धेरैको ध्यान आकर्षित गरेको छ, जसले आधुनिक सफलतासँग सांस्कृतिक परम्पराको मिश्रणलाई पनि उजागर गर्छ।