बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल 


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए।

१-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ। लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए। त्यस्तै भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए। यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।