इङ्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात


काठमाडौं

आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औँ मिनेटमा हावर्ट्जको गोलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो।

त्यसपछि खेलको ७४औँ मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए। यो जितपछि आर्सनलले महत्त्वपूर्ण ३ अङ्क बटुलेको छ र नयाँ सिजनको शानदार सुरुवात गरेको छ ।