थामे बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन


काठमाडौँ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको हो।

बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले सोलुखुम्बुले जनाएको छ।

बेपत्ता भएका भनिएका व्यक्तिको परिचय खुल्न बाँकी छ।

हालसम्म बाढीका कारण ७ वटा घर, ५ वटा होटल एउटा क्लिनिक र एक विद्यालय बगाएको छ । ७ घर जोखिममा छन्।
हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ ।